रसुवा: रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् । चार जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण घर माथिकाे सडकबाट पहिरो जाँदा श्यामबहादुर घलानकाे घर पुरिएको हो ।
घर पुरिँदा उहाँ घाइते हुनु भएको छ । बाहिर सुत्नुभएका उहाँलाई बिहान ३ बजेतिर स्थानीय बासिन्दाले उद्धार गरेका हुन् ।
उहाँलाई अस्पताल लैजाँदै गरिएको समाचार प्राप्त भएको छ ।
उहाँका श्रीमती, दुई छोरी र एउटा छोरा पहिराेमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
