काठमाडौै: अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ ।
नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले सन् २०१७ पछि भारतसँग पहिलो पटक खेल्न लागेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक अबदुलल्ह अलमुताइरीले पनि भारतविरुद्धको खेललाई साफको तयारीको रुपमा हेरेका छन् ।
भारतविरुद्ध खेल्दा उनले फरक रणनीतिमा खेल्ने संकेतसमेत गरेका छन् । यसअघि गत जुनमा भएको विश्वकप र एसिया कप क्वालिफायरमा उनले आक्रमक रणनीतिमा खेलाएका थिए ।
‘भारतसँग नयाँ फिलोसोफी र नयाँ रणनीति लागू गर्ने प्रयास गर्नेछौँ,’ अलमुताइरीले भने, ‘म नतिजालाई कस्तो हुन्छ हेर्दिन । प्रदर्शनलाई हेर्छु ।’

