नेपालको दुईपाङ्ग्रे सवारी बजारमा अग्रणी र विश्वासिलो ब्रान्ड हिरो मोटोकर्पले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै “हाम्रो परम्परा २०८२” नामक विशेष फेस्टिभ स्किम सार्वजनिक गरेको छ। यो स्किम २०८२ भाद्र १६ देखि कार्तिक २९ गतेसम्म लागू हुनेछ। कम्पनीले बजारमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै मोटरसाइकल र स्कूटरको बिक्री प्रवर्द्धन गर्न नयाँ ब्रान्डहरूसहित यो आकर्षक योजना ल्याएको हो।
स्योरसट डिजिटल स्क्र्याचमार्फत ग्राहकले न्यूनतम ८,००० देखि अधिकतम ५ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। एक्सचेन्ज अफरमा स्योरसट डिजिटल स्क्र्याचमार्फत ८,००० रुपैयाँ र थप २,०८२ रुपैयाँ जोडेर न्यूनतम १०,०८२ देखि १ लाख रुपैयाँसम्मको नगद छुट उपलब्ध हुनेछ। यो स्किमअन्तर्गत फाइनान्स गर्दा कुनै पनि सर्भिस चार्ज लाग्ने छैन।
हिरो मोटोकर्पले हालै नाडा अटो शो २०८२ मा आफ्नो नवीनतम उत्पादन जुम १२५ सार्वजनिक गरेको छ। यो मोटरसाइकलले आकर्षक डिजाइन, १४ इन्चको रिम, र ० देखि ६० किमी प्रतिघण्टाको गति केवल ७.६ सेकेन्डमा प्राप्त गर्ने क्षमता राख्छ। साथै, यसमा प्युल लिड वजर जस्ता आधुनिक फिचरहरू समावेश छन्, जसले यसलाई बजारमा अन्य ब्रान्डको तुलनामा थप प्रतिस्पर्धी बनाउँछ।
हिरो मोटोकर्पले ग्राहकको चाहना र विश्वासलाई प्राथमिकता दिँदै नयाँ–नयाँ उत्पादनहरू बजारमा ल्याइरहेको जनाएको छ। यो स्किमले पर्वको अवसरमा ग्राहकहरूलाई उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

