काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका तीन जना प्रहरीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
भाद्र २४ गतेको हिंसात्मक घटनामा महाराजगन्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापा, त्यस्तै कोटेश्वर प्रहरी वृत्तका सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाएका थिए।
प्रहरी प्रधान कार्यालयका उच्च अधिकारी, सुरक्षाकर्मी, परिवारजन र सर्वसाधारणको उपस्थितिमा तीनै जनाको अन्त्येष्टि राज्यको सम्मानसहित गरिएको हो।
सो घटनामा परी घाइते भएका अन्य प्रहरी उपचाररत छन्। ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरक्षा निकायले उनीहरूको बलिदानलाई स्मरण गर्ने प्रतिबद्धता जनाएको छ।

