काठमाडौं: काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
बिहानैदेखि देशका धेरै ठाउँमा घाम लागेको मौसमविद्ले बताएका छन् ।
मनसुन निष्क्रिय भएकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना छैन । तर आज बेलुका पछि भने मौसम बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्य खालको क्षणिक वर्षाको हुन सक्ने मौसमविद्ले जनाएका छन् ।
मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नरहेको उहाँले बताइएको छ ।
मौसमविद्का अनुसार स्थानीय वायु सक्रिय हुँदा घामसँगै केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना हुन्छ ।
भारतबाट मनसुनी चक्र बाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने छ । ठूलो वर्षा हुने सम्भावना नरहे पनि अझै केही दिन सामान्य पानी भने पर्ने मौसमविद्को भनाइ छ ।
