काठमाडौं: नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् ।
त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने बताइएको छ।
राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो ।
प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् ।
केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

