काठमाडौं: स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ ।
अहिले कतार निवासी प्युठानका मधुसूदन केसीले कतारमा गोल्ड स्टारको आउटलेट तयार गरेका छन् ।
स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्ड स्टारको आउटलेट कतारमा पुर्याएकाे बताइएको छ ।
कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्ड स्टारको शाेरुम रहेको छ ।
शाेरुममा मात्र नभइ अनलाइन माध्यमबाट पनि गोल्ड स्टार फुटवेयरको बिक्री गरिने बताइएको छ।
त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई–कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने जनाइएको छ ।
नेपालीहरूको बीचमा लोकप्रिय ब्रान्ड गोल्ड स्टार कतारको लागि नेपालबाट अभिमन्यू शर्मा र थमनकुमार भण्डारीले कन्सल्टिङको रूपमा काम गरिरहेको छन् ।
गोल्ड स्टार मात्र नभइ देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने योजना रहेको जानकारी दिइएको छ ।

