५ जेठ, काठमाडौं ।
अमेरिकामा कोरोनाको खोप लगाउन नागरिक नआएपछि नयाँ स्किमको सुरुवात गरेको छ ।
अमेरिकामा पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउनै आएनन् । हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दा जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका छन् भने १२ प्रतिशत हाराहारीले मात्र दुवै डोज लगाएका छन् ।
कोरोना खोपप्रति नागरिकले यस्तो चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले अनौठो स्किम निकालेको छ ।
नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर (झण्डै १०–१० करोड नेपाली रुपैयाँ) पुरस्कार जित्नेछन् ।
सरकारको यो घोषणाले खोप अभियानमा केही सकारात्मक प्रभाव पार्न सुरु गरिसकेको छ । स्किम घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च हो ।

