काठमाडौँ / बुधबार एक अपिल प्रकाशित गर्दै प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकारबाही विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन्।
‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।’
स्थायी कमिटी सदस्यहरु
- क. झलनाथ खनाल
- क. माधव कुमार नेपाल
- क. युवराज ज्ञवाली
- क. अष्टलक्ष्मी शाक्य
- क. भीम रावल
- क. घनश्याम भुसाल
- क. भीम आचार्य
- क. गोकर्ण बिष्ट
- क. योगेश भट्टराई
- क. सुरेन्द्र पाण्डे
- क. मुकुन्द न्यौपाने
- क. रघुजी पन्त
- क. बेदुराम भुसाल
- क. अमृत कुमार बोहरा पदेन स्थायी कमिटी सदस्य
- क. प्रमेश हमाल पदेन स्थायी कमिटी सदस्य

