काठमाडौं / प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।
निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा शुक्रबारबाट बहस शुरु भएको थियो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहित न्यायाधीशहरु दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
