शिवकुमार श्रेष्ठ (शिवांसु)
विश्वव्यापी जलवायुका कारण नयाँ खाले वा पुनः देखिने पशुपन्छि र मानवजन्य रोग अकल्पनीय रुपमा असर पारी, यिनै कारण व्याक्टेरिया, भाइरस, दुसी तथा परजीवीका लागि उपयुक्त वातावरण सृजना भई, यिनीहरुलाई नयाँ क्षेत्र विस्तार गर्न उपयुक्त वातावरण हुन जान्छ । यस्ता भयावह र डरलाग्दो रोगहरु देखिनुमा विश्व व्यापी तापक्रम बृद्धिको दुष्परिणामको महत्वपूर्ण भूमिका हुन्छ । जलवायु र रोगहरुको प्रत्यक्ष सम्बन्ध तुलनात्मक रुपमा हुने हुदा जलवायु परिवर्तनमा हुने परिवर्तन शिलताले पशुपन्छी र मानवलाई जनसंख्यात्मक घनत्वमा असर पार्दछ । ढिलो चाडो जलवायु परिवर्तनले सम्र्पूण जैविक अस्तित्व माथि नै असर पार्ने हुदाँ यसवाट हुने क्षतिको रोकथामका विषयमा सुरक्षाको अनुभूति हुनेकार्य गरि हाल्नु पर्ने हुन्छ ।
संज्ञानात्मक मनोविज्ञानका प्राध्यापक स्टेफन लेवन्ड वेस्की र क्लावस ओवरावरको अनुसन्धान अनुसार जलवायु परिवर्तन, खोप र बुद्धिमत्ताको अनुवांशिका केन्दि«त रहेको हुन्छ । शिक्षाले मानिस र उसको परिस्थिती बदलाव ल्याउछ । विज्ञानका मूल्यमान्यतालाई स्वीकार गर्नेहरुमा खोप लगाउने र जलवायु परिवर्तनका विषयमा पहल कदमी लिनु पर्छ भने मत देखिएको आफ्नो अनुसन्धान र सबै प्रतिवेदनमा उल्लेख गरेका छन् । २३ मार्च १९५०मा विश्व जलवायु संगठनको स्थापना भएको हो । जैविक विविधता दिवस २९ डिसेम्बरमा मनाइन्छ भने ५ जुनमा विश्व वातावरण दिवस विश्वभर मनाईन्छ । नेपालले विश्व जलवायु विज्ञान संगठनको सदस्य १२ अगस्ट १९६६ मा प्राप्त गर्यो । जलवायु परिवर्तनका कारण नेपाल लगायत विश्वका कैयन देशमा बाढी, पहिरो, डढेलो,आधी, तुफानले जनजीवन तहसनहस भइ कष्टकर भएका छन् । नेपालमा २०७७ साल चैत्रको दोस्रो सातामा रौतहर जिल्लाको पूर्वपश्चिम राजमार्गको आसपासमा लागेको डढेलोले २९ हजार ४ सय हेक्टर वन जंगल जलेर नष्ट भएको थियो । उक्त डढेलोमा परि प्राकृतिक वनस्पति, वन्यजन्तु, पन्छी किटपतङ जलेर नष्ट भएको थियो । उक्त वर्ष देश भरिका ५८ जिल्लाका वन जंगलमा पैmलिएको डढेलोको कारण वायु प्रदुषण बढेको थियो । वायु प्रदुषणका विभिन्न कारण मध्ये डढेलो मुख्य जिम्मेवार हो । डढेलोले वनजंगल विनास गर्नुका साथै र्जविक विविधतालाई नास गरेको छ भने अर्कोतिर वातावरण प्रदूषित भइ मानव स्वस्थ्यमा प्रतिकुल असर परेको छ । गत २०७७ साल चैत्रको दोस्रो साता अत्याधिक वायु प्रदुषण भएको कारण नेपाल भरिका स्कूल ,कलेज तथा शिक्षण संस्थाहरु ४ दिनका लागि बन्द गर्नु परेको थियो । वि.स.२०७७ साल चैत्र मसान्तमा लागेको डढेलो कारण वाजुरा जिल्लामा मात्र ३ सय हेक्टर बन क्षेत्र क्षति भएको वन डिभिजन कार्यालय बाजुराले जनाएको थियो । वि.स.२०७८ साल असार ३ गतेको वर्षा संगै बाढी आएको कारण २० जना वेपत्ता भई मृत अवस्थामा फेला परेको थियो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा ३ सय, मेलम्ची नगरपालिकामा ६ सय जना बासिन्दा प्रभावित भई ठूलो धनजनको क्षति गरेको थियो । त्यसै साल वि.स. २०७८ असार १३ गते सम्म ५९ स्थानमा राजमार्ग अवरुद्ध भएको थियो । वि.स. २०७८ साल असारको अविरल वर्षाले देशैभरिका ग्रामीण सडकहरु पहिरो र बादीको कारण अवरुद्ध भएको थियो ।
वि.स.२०७७ साल चैत्र १५ गते भैसेपाटीको वायु गुणस्तर सूचकांक ४४७ आई क्यु रेकर्ड हुनुले वायु प्रदुषणको स्तर भयावह भएको थियो भन्ने बुझिन्छ । जुन ३ सय भन्दा माथि आइ क्युलाई घातक मानिन्छ । विश्वको प्रदूषित झण्डै १ सय सहरमा काठमाण्डौं पहिलो नम्बरमा रहयो जुन अहिलेसम्म कायमै छ । यसरी वायु प्रदुषण हुनुमा त्यसबेलाको मुलुक भरिको ५४ जिल्लाका वनमा डढेलो लागेको कारण हो भन्न सकिन्छ । वायु प्रदुषणको कारण आँखा पिरो भई पोलि रहनु ,घाटी खसखाई रहनु, फोक्सोले सजिलै श्वास फेर्न नसकि उकुसमुकुस भइ रहनु आदि लक्षण देखा पर्दछ । वायु प्रदुषणको कारण मुटु रोग ,फोक्सोको समस्या, निमोनिया र मस्तिष्क घात जस्ता समस्या उत्पन्न हुने अध्ययनहरुको निष्कर्ष छ । स्टेट अफ ग्लोवल एयर २०२० नामक अन्तराष्ट्र्रिय प्रतिवेदन अनुसार वायु प्रदूषणको कारण सन् २०१९ सम्ममा नेपालमा ४२ हजार १ सय जनाकोृ मृत्यु भएको थियो । त्यस्तै सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले वायु प्रदूषणको कारण राजधानी काठमाडौंमा मात्र १० हजार मानिसको मृत्यु हुने गरेको देखाएको छ । औद्योगिकरणको मुल थलो मानिने वेलायतको राजधानी लन्डनबाट १८ औं शताब्दीबाट प्रदूषण तिव्र गतिमा बढ्न थालेको हो । डब्लुइचओ अनुसार कार्वन मनोअक्साइडका कारण विश्मा प्रति वर्ष ७० लाख मानिसको विभिन्न रोगले मृत्यु हुने गरेको वताएको छ ।
पर्यावरणलाई स्वच्छ र सन्तुलन राख्न विघुती उर्जालाई आत्मनिर्भरताका लागि प्रयोग गरे अति उत्तम विकल्पका रुपमा लिन सकिन्छ । वायु प्रदूषण पार्ने तत्वहरुमा कार्वन मनोअक्साइड पर्दछ । पर्यावरण दूषित हुनवाट स्वयं आफै र परिवारका लागि पारि न्युनिकरण र नियन्त्रणमा सक्रिय होऔ । र अरुलाई पनि अभिप्रेरित गरेमा संभव छ । सरकारको मात्र मुख ताके यसै भन्न सकिदैन । संसारको सबैभन्दा धेरै प्रदूषित शहर मध्ये २२ वटा भारतमा पर्दछ । भारतमा मात्र प्रति वर्ष १० लाख मानिस वायु प्रदूषितले मृत्यु हुने विभिन्न तथ्याङ्कले देखाएको छ । गत सन्२०२० नोभेम्बरमा दिल्लीमा वायु प्रदूषितको कारण एक सप्ताह पूर्णरुपमा स्कूल, कलेज, निमार्ण र औद्योगिक गतिविधि माथि प्रतिबन्ध लगाएको थियो । सोमालियामा सन् २०२१ समयमा पानी नपरेको कारण खडेरीले १७ लाख मानिसहरुले खाद्यन्न संकटबाट झेलिनु परेको थियो । जापान सरकारले फुकुसिमा आणविक उर्जा संयन्त्रको प्रदूषित पानीलाई प्रशान्त महासागरमा फाल्न तयार भएको खबर विभिन्न मिडियामा आएको छ । यसले लाखौं मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । आणविक विकिरणयुक्त पानी प्रशान्त महासागरमा खसाल्दा विश्वभरका मानव जातिको जीविकोपार्जन आधार रहेको पर्यावरणीय वातावरणमा असर परि हानी हुने निश्चित छ । यसको असर तत्कालिन मात्र नभई दीर्घकालिन असर पर्नेछ । यसको प्रभाव छिमेकी मुलुक चीन र दक्षिण कोरिया लगायत आसपासका सबै मुलुकमा सर्वप्रथम प्रभावित भइ संसार भर पर्ने छ । पयावरणीय अधिकारको वकालत गर्ने संगठन ग्रीन पिस अनुसार यसले मानिसको डि एन ए समेत परिर्वतन गर्न सक्छ भनि उल्लेख गरेको छ । कोप २६ मा चीन र अमेरिकाले आउदो दशक पेरिस सम्झैता अनुरुप १.५ डिग्री सेल्सियस तापक्रम सिमित राख्ने लक्ष्य भेटने दुवै देश सहमत भएका थिए । जलवायु परिवर्तनसंग जुध्न मिथेन ग्यासमा कटौती, वनजंगल संरक्षण र कोइला प्रयोग घटाउनेमा सहमत भए । वैज्ञानिकहरु १.५ डिग्री सेल्सियस तापक्रम नवढाए मानवले भयानक असर झेल्नु नपर्ने बताउछन् । विकसित मुलुकको उक्त प्रस्ताव कार्यान्वयनका लागि स्पष्ट नीति र प्रतिबद्धता ब्यक्त गरेको छैनन् । न्७ का नेताले केहि दशकमा कार्वन कटौतीकोबारे फितलो प्रतिबद्धता जाहेर गरे । धनी मुलुकहरु जलवायु परिवर्तनबाट हुने क्षति, असर रोक्न र अनुदान दिन अस्वीकार गरि रहेको छन् । कोपेनहेगनको कोप १५ र वित्तिय सहयोग पनि न्यून मात्रामा दिई पन्छिए । काप २६ मा खोजकर्ता,उद्योगीहरुको नयाँ प्रविधि र बजार सम्बन्धि नयाँ खोजका विषय थिए । बढ्दो ग्लोवल वार्मिङको समस्या निवारण खोप वा उपचार, औषधिबाट छैन् । जसका लागि फोहोर जीवाश्मा इन्धनबाट प्रकृतिक ग्यास र आणविक जस्ता इन्धन उत्पादन गर्नको साथै र वायु उर्जा उत्पादन व्यवस्थित र सम्मुनत हुन आवश्यक छ नै । साथै रुख रोपौं र रुख काट्नबाट बचाऔं । पृथ्वीको जैविक विविधतालाई बचाऔं । कोप २६ ले नै कोप २७ इजिप्टमा सन् २०२२मा गर्ने जिम्मेवारी दिइयो । त्यस्तै गरि कोप २८ सन् २०२३मा संयुक्त अरब इमिरेटसमा गर्ने निर्णय गरि सम्मेलन पनि सम्पन्न भयो । सन् २०३० सम्म मिथिन ग्यास उत्सर्जन ३० प्रतिशतले कम गर्ने उक्त सम्मेलनमा सहभागी मुलुकहरुले प्रतिबद्धता जनाएको थियो । संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धि सम्मेलन कोप २६ ग्लास्गोमा भारतले कोइला उपभोग घटाई कार्वन उत्सर्जनमा कम गरि हरित ग्यास कम गर्ने प्रतिवद्धता गरे । त्यसो त विकसित मुलुक र चीन पनि कार्वन उत्सर्जनमा अग्रणी छ । हाल भारतमा ७० प्रतिशत उर्जा कोइलाबाट निकालिन्छ । जलवायु परिवर्तनको कारण मौसमी खडेरी,बाढी पहिरो ,हिमपातका साथै खराव हावाको स्तर घातक र खतनाक हुदै गई रहेको सर्व विदितै छ । खास गरि भारतमा कार्वन उत्सर्जन हुने विविध कारण मध्ये पंजाव, हरियाणा राज्यका किसान धान र गहु बाली पछिका पराल र छ्वाली जलाई दिनाले पनि ठूलो मात्रामा कार्वन उत्सर्जन हुने गरेको छ । चीन विश्वको १८.५ प्रतिशत जनसंख्या बसोवास गरि कुल उत्र्सनको २७ प्रतिशत गर्दछ भने अमेरिका विश्व जनसंख्याको ५ प्रतिशत बस्ने देशले १५ प्रतिशत कार्वन उत्सर्जन गर्दछ । कोप २६ले कोइला माथि त सीमित प्रयोग ल्यायो । तर तेल र ग्यासलाई कुनै वास्ता गरेन् । कोप २६ ले सौर्य उर्जालाई प्रथमिकतामा राखेको छ । हाल भारतले नविकरणीय उर्जालाई उच्च प्राथमिकतामा राखी कार्वनलाई घटाउने लक्ष्यका साथ अघि बढिरहेको छ । चीन विश्वमा नविकरणीय उर्जा उत्पादनमा अग्रणी स्थानमा छ । कोप २६ सम्मेलनले धनी र विकासोन्मुख मुलुक विच स्रोत,साधन,प्रविधि र कौशलमा साझेदारी गर्ने निर्णय ग¥यो । महामारीको कारण विश्वका १० करोड मानिस गरिबीको चपेटामा परेका छन् । जसले गर्दा जलवायु विरुद्धको विश्वव्यापी सहकार्यमा गम्भीर रुपमा संकट परेको छ । स्थिर र घट्दो प्रजनन दरले विश्व व्यापी जनसंख्याबाट हरित ग्यास उत्सर्जनमा कटौती गर्न सजिलो हुन्छ । जसले जलवायु परिवर्तनसंग जुध्न सघाउछ । भविष्यको जलवायु संकट समाधानको माध्यम भनेको जल ,जंगल ,जमिन । यसको संरक्षण, सम्बद्र्धन र प्राकृतिक सम्पदा र खनिजहरुको उत्खनन रोक्नु पनि हो । साथै कार्वन उत्सर्जनको सम्मुचित व्यवस्थापन र यसका विकल्पको बारेमा सोच्नु पर्ने बाध्यता हो । प्रकृतिलाई श्रृगारेर मुलुकको विकास गरे हाम्रो अस्तित्व रहि रहने हुन्छ । मानव र प्रकृति एक अर्का संग जोडिएको हुदा वनजंगलको दिगो व्यवस्थापनबाट पर्यावरणको सन्तुलन भइ वातावरण र जैविक विविधताको साथै जलवायु अनुकुल र न्युनिकरणीय सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान हुन्छ । यसले गहिरो संग आत्मासाथ गर्दै जलवायु परिवर्तनले ल्याउने चुनौतीको सामना भने समुदायको प्रयासबाट नै गर्नुपर्ने अपरिहार्य भएको छ । संविधानमा स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार सुनिश्चित गरिएको छ । तसर्थ वृक्षारोपण गरौं ,कार्वन उत्सर्जन कम गरौं,जलवायु संकटकाल धोषणा गरा,ैं पृथ्वी र मानवजातिको भविष्य सुनिश्चित गरौं ।

