विश्वराज अर्याल,
शारदा नगर टाउन, मङ्सिर २८ , शुक्रबार,
आईएसओ चितवनद्वारा आयोजित एथलेस्टिक रनिङ सिल्ड प्रतियोगिता उद्घाटन भएको छ। आई एस ओ चितवनका अध्यक्ष वेदनिधि अर्यालको अध्यक्षतामा सञ्चालित औपचारिक कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुभाष चन्द्र आचार्य हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा भरतपुर महानगरपालिका वडा नम्बर १९ का जनप्रतिनिधि सदस्य सीता विक, चितवन जिल्ला प्याब्सन अध्यक्ष किर्ति निधि अर्याल,भरतपुर महानगरपालिका प्याब्सन अध्यक्ष मिनराज बस्ताकोटी हुनुहुन्थ्यो | अतिथिहरूमा सहभागी विद्यालयका प्रिन्सिपलहरू, तोपमान सिंह गुरुङ, गुञ्जमान विक, भुवन सापकोटा, ठाकुर प्रसाद भट्ट, अशोक गुरुङ, रामचन्द्र खत्री, खेल प्रशिक्षक कान्ति महतो, रमेश घिमिरे, रामचन्द्र खत्री, विश्वराज अर्याल, प्रकाश अर्याल, युवराज अर्याल, इन्दिरा भुसाल हुनुहुन्थ्यो।
सो कार्यक्रमको स्वागत मन्तव्य आईएसओ रनिङ सिल्ड प्रतियोगिताका कार्यक्रम संयोजक प्रशान्त गिरीले गर्नुभएको थियो। प्रमुख अतिथिको मन्तव्यमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुभाष चन्द्र आचार्यले चौतर्फी विकासको माध्यम मध्यको सिकाई मध्ये खेलकुद पनि एक हो। खेलको माध्यमबाट विद्यार्थीहरूमा सामूहिक रुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्देश दिने कुरा व्यक्त गर्नुभयो | शुभकामना मन्तव्यको क्रममा भरतपुर महानगरपालिका प्याब्सन का अध्यक्ष मिनराज बस्ताकोटीले अनुशासन नै महत्वपूर्ण गहना हो। खेलकुद क्षेत्रमा संलग्न विद्यार्थीले आफ्नो अनुशासन तथा सामूहिक रूपमा कसरी स्थापित हुन सकिन्छ भन्ने किसिमका ज्ञान आर्जन गर्न सक्छ। भन्ने अभिव्यक्ति व्यक्त गर्नुभएको थियो। सो कार्यक्रमको सहजीकरण आईएसओ चितवनका सचिव नरेश ढकालले गर्नुभएको थियो। जम्मा दुई दिनसम्म सञ्चालन हुने आईएसओ एथलेस्टिक रनिङ सिल्डमा १३ वटा खेलहरू समावेश गरिएको छ। आज भएको मार्च पास र टक अफ वार मा जनप्रिय पब्लिक स्कुल प्रथम हुन सफल भएको छ। भोलि हुने खेल को नतिजा भोलि नै थाहा हुनेछ भन्ने कुरा आईएसओ चितवनका अध्यक्ष वेदनिधि अर्यालले रेडियो साइनोका संवाददाता विश्वराज अर्याललाई जानकारी गराउनुभयो।

