काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा नयाँ नेतृत्वमा गएको छ । शनिबार सम्पन्न साधारणसभाबाट मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा निरोजकुमार थापा र प्रमिला खतिवडा, महासचिवमा निकेश खत्री, सचिवमा राजाराम न्यौपाने, कोषाध्यक्षमा मिलन विश्वकर्मा निर्वाचित भएका छन् ।
कार्यसमिती सदस्यमा अनिष अविरल, सीआर भण्डारी, शुक्र गिरी र अनुप आचार्य चयन भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल आर्थिक पत्रकार संघको अध्यक्ष मेनुका कार्की मात्र हैन नेपाल पत्रकार महासंघमा निर्मला शर्मा अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक पत्रकारिता क्षेत्रको नेतृत्व महिलामा गएको छ ।

