काठमाण्डौ । फोटोमा मुक्तक प्रतियोगिताको २०० औं शृंखला विशेष हुने भएको छ । मुक्तकालय नेपालद्वारा आयोजित प्रतियोगितामा ७५ हजार नगद पुरस्कार मात्र रहेको छैन, विशेष खालका तीन तस्वीरमाथि ‘विशेष मुक्तक’ रचना गर्नुपर्ने भएकोले यो शृंखला थप विशेष हुन पुगेको हो ।
फोटोमा मुक्तक प्रतियोगिताका मुख्य अभियन्ता मुक्तकार सुनिल अधिकारीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमश: २५ हजार, २० हजार, १५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिन्छ भने सान्त्वना पुरस्कार दुई जना मुक्तककारलाई जनही रू ५ हजार नगद र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गर्ने कार्यक्रम छ ।
पुस ८ गते तस्विर दिई घोषणा गरिएको तस्विरमा मुक्तक प्रतियोगिताको २०० औं शृंखलाका लागि पुस १३ गते शनिबार बेलुकी ६ बजेसम्म दिईएका तस्विरमा मुक्तक लेखी पठाउन आव्हान गरिएको छ ।
प्रतियोगितामा तीनवटा तस्बिर दिईएको छ भने तीनवटै तस्बिरको भावलाई राम्ररी बुझेर सोही अनुरूप हरेक तस्बिरमा एउटा एउटा मुक्तक लेख्नुपर्ने बताईएको छ ।
तस्बिरको बारेमा कसैले केही पनि नसोध्न बरू तस्विरलाई आफ्नो हृदयका आँखाले जस्तो देखिन्छ त्यसलाई मुक्तकमा उतार्न समेत रचनाकारलाई अनुरोध गरिएको छ l प्रतियोगिताको नजिता पुस २० गते सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ । ‘फोटोमा मुक्तक प्रतियोगिता’ फेसबुक पव्लिक ग्रुपमा प्रतियोगितासम्बन्धी पोस्टको कमेन्टबक्समा नै आफ्ना मुक्तक राख्नुपर्ने मुक्तकालय नेपालकी अध्यक्ष मुक्तककार निलाञ्जला भारद्वाजले बताईन् ।
फोटोमा मुक्तक प्रतियोगिताबारे बिस्तृतमा पढ्नुहोस् …
https://www.facebook.com/share/p/192iCSB4Bd/
(नोट: प्रतियोगितामा सहभागी हुने चाहनेले यसै पोस्टको कमेन्टबक्समा आफ्ना मुक्तक राख्नुपर्नेसमेत जानकारीका लागि अनुरोध छ ।)

