काठमाडौं । रापती समाज काठमाडौंको १८ औं साधारण सभा एवम् नवौं अधिवेशन सम्पन्न भएको छ । सीमा पुरीको अध्यक्षतामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न समाजको १८औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गोविन्द मधुर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमिति अध्यक्षमा गोविन्द मधुर आचार्य, वरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी, उपाध्यक्षमा मोहनलाल डांगी, माधवी रेग्मी, महासचिव गायत्रा कुमारी विसी, सचिव सिर्जु अधिकारी रहेका छन् । समाजको कोषाध्यक्षमा सोना पाण्डे थापा, सह-कोषाध्यक्षमा वेदप्रसाद भट्टराई र सदस्यमा देवराज आचार्य, प्रेमराज लामिछाने, लोकबहादुर रसाइली, बिमला पौडेल, रिता केसी, मीना बस्नेत, पूर्णबहादुर पुरी, बिमला भुसाल, सरस्वती देवकोटा, सुमित्रा पाण्डे रहेको नवनिर्वाचित कार्यसमिति अध्यक्ष गोविन्द मधुर आचार्यले बताए ।

