एजेन्सी: अफगानिस्तानमा हालै सत्ताकब्जा गरेको तालिबानले त्यहाँस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ ।
ताला तोडेर तालीबानी लडाकुहरु दूतावासभित्र प्रवेश गरेको बताइएको छ ।
भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको हवाला दिँदै बिबिसी हिन्दी लगायत सञ्चारमाध्यमहरुले उक्त खबर बाहिर ल्याएका छन् ।
जसअनुसार अफगानिस्तानको कन्धार र हेरातमा रहेका तर हाल बन्द अवस्थामा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोलेर तालिबानी लडाकु भित्र प्रवेश गरेका हुन् ।
त्यस क्रममा उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोलेको र दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरु लिएर हिँडेको बताइएको छ ।
तर जलालावाद र राजधानी काबुलमा रहेका भारतीय वाणिज्य दूतावासमा भने के भइरहेको छ, त्यसबारे यकीन जानकारी प्राप्त भइसकेको छैन ।
राजधानी शहर काबुलमा भने तालीबानी लडाकुहरु घरघरमा प्रवेश गरेर खानतलासी दिइरहेका जनाइएको छ । अफगानहरु को खोजी मा घर(घर खोज आयोजित गरीएको छ ।
काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका हुन् ।
