काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। आइतबार बिहानदेखि लागू हुने गरी पेट्रोल र डिजेल दुवैको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँले महँगिएको छ। यससँगै डिजेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले बढेको छ। भारतस्थित इन्डियन आयल कर्पोरेसन (IOC) ले पछिल्लो पटक मूल्य समायोजन गर्दा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५४ पैसा र डिजेल ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जानकारी दिएको छ।
नयाँ मूल्यसूची लागू भएपछि आन्तरिक बजारमा इन्धनको मूल्य फेरि बढ्नाले उपभोक्ता स्तरीय खर्चमा थप दबाब पर्ने अनुमान गरिएको छ।
आयल निगमद्वारा जारी विज्ञप्ति


