नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६.६८ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेर २ हजार ५ सय ७० दशमलव ८१ बिन्दुमा पुगेको हो । बजारमा आज १८६ वटा कम्पनीको ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको ७६ लाख कित्ता शेयर कारोबार भएको छ ।
६९ वटा कम्पनीको शेयर मुल्य बढ्दा १०९ वटा कम्पनीको मुल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । होटल एण्ड टुरिजम, माइक्रोफाइनान्स र अन्य कम्पनीको मुल्य बढेको हो भने बैंक ट्रेडिङ, म्युचुअल फण्ड, विकास बैंक फाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी हाइड्रोपावर,लगायत सबै कम्पनीको मुल्य घटेको छ ।
आज मुल्य बढ्ने कम्पनीहरुमा सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था आदि रहेका छन् ।
त्यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, रु रु जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, राधी विद्युत्त कम्पनी आदि कम्पनीको मुल्य घटेको छ ।
शेयर बजार घट्दा पनि आशा लघुवित्त वित्तीय संस्था, सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनी आदि कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो ।

