काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ ।
प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन्।
देउवा नेतृत्वको मन्त्रिपरिषदमा उपप्रधानमन्त्री चाहिँ बनाइएको छैन ।
देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राख्ने भएका छन्।
साथै यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चार मन्त्रालयमा पठाइएको छ।
को कुन मन्त्री भए हेर्नुस्:



