प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हेलिकप्टरमार्फत् निरीक्षण गरेका छन्।
पोखरा विमानस्थलदेखि हेलिकप्टर चढेर निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले निरीक्षण गरेका हुन्।
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आइतबार पोखरा आएका देउवा पोखरामै बसेका थिए।
सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेर काठमाडौं फर्केका छन्।
उनले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्न प्रतिवद्धता समेत जनाएका छन्।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कोभिडका कारण १ वर्ष लम्बियो, अब समयमै निर्माण सकिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्री ज्यूले विमानस्थलमा अहिले देखिएका सबै समस्या समाधान गर्ने वचन दिनुभएको छ।’
