डा.सुमनकुमार रेग्मी
बणिज्य जिम्मेवारी पाएका विदेशस्थित नेपाली दुताबास तथा नियोगहरुमा कार्यरत नेपाली कूटनितीक कर्मचारीहरु आर्थिक मामलासम्बन्धि अधिकृतहरु सहित नेपाल सरकारका सम्बन्धित कार्यकारी एवम् प्रशासनिक निकायहरुले व्यापार तथा वाणिज्यमा देशमा राष्ट्रिय उदेश्यहरु तर्फ केन्द्रित रही राष्ट्रिय उदेश्य पूरा गर्नुपर्ने हुन्छ। यी कार्यहरु गर्दा देशको हितलाई ध्यानमा राखी बैदेशीक व्यापार प्रबद्र्धनमा बैदेशीक विदेशी मुद्रा देशमा ल्याउन जोड दिई कार्य गर्नेपर्ने देखिन्छ। व्यापार तया निकासी प्रबद्र्धन विकास समिती गठन अध्यादेश २०६३ मा व्यवस्था भए वमोजिम आन्तरीक व्यापार व्यापार प्रबद्र्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार मेला तथा प्रदर्शनीको आयोजना र संयोजन गर्ने, निकासीयोग्य वस्तुको गुणस्तरको लागी विदेशी राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग निकासी–पैठारी तथा व्यापार व्यवस्थापन सम्बन्धमा प्राविधिक सहयोग प्रदान गर्ने विकाशोन्मुख तथा पैठारी प्रतिस्थापन परियोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्न उपयुक्त कार्यक्रम सञ्चालन गर्ने व्यापारसंग सम्बन्धित आवश्यक सूचना तथ्याङ्क जानकारी तथा ज्ञानमूलक विषयको संकलन प्रकाशन तथा बिक्री वितरण गर्ने तथा सो सम्बन्धि सूचना गृहको रुपमा काम गर्ने आदिका प्राबधान रहेको छ।
व्यापार तथा निकासी प्रबद्र्धन कार्यले निम्न उल्लेख गरीएका कार्यमा संलग्न अधिकारीलाई परराष्ट्र मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् सहयोग एवम् समन्वय गर्नुपर्ने हुन्छ। अर्थतन्त्रसहित व्यापार प्रबद्र्धनमा ठूलो भूमीका रहने भएकाले देशभित्र र बाहिर यस सम्बन्धि कार्यमा संलग्न निकायहरुलाई यस्ता कार्यको समन्वय भई कार्य गर्नुपर्ने देखिन्छ। बिदेशमा र नेपालमा सम्बन्धित कम्पनीहरुलाई निर्यात–आयातको माग र आपूर्ति बजारको विवरण, समुन्द्रपार बजारमा नेपालको निकासी प्रबद्र्धन प्रचार संगठित गर्ने कार्यमा निकासी वस्तुमा गुण–नियन्त्रण र स्तरीयकरण र उपयुक्त सुपरिवेक्षण सहितका प्रमाणीकरण बारेमा विशेष समन्वय गर्नुपर्ने टडकारो देखिन्छ। नेपालको वैदेशीक व्यापारको सन्दर्भमा मामलासम्बन्धि अधिकृतले बिदेशमा भेला प्रदर्शनी व्यापारीक प्रतिनिधीमण्डल पर्यटन प्रबद्र्धन सम्बन्धि कार्य गरी व्यापार तथा पर्यटन प्रबद्र्धन गरी नेपाली व्यापारीलाई सहयोग गरी व्यापारीक विवरण आदानप्रदान गरी नेपालको औद्योगीक र अन्य व्यापारीक क्रियाकलाप बढाउनुपर्ने देखिन्छ।
जुन देशमा आर्थिक तथा व्यापारीक मामला हेर्ने नेपाली कूटनितीक अधिकारी हुनुहुन्छ त्यस देशमा नेपालको वस्तु र पर्यटन सेवाको क्षेत्र उक्त अधिकारीलाई सहज रुपमा पहिचान भइसक्ने हुनाले उक्त अधिकारीबाट व्यापारीक भ्रमणको योजनाको तालिका व्यापारीक भ्रमणको बेला प्राप्त व्यापारीक, पर्यटकीय र औद्योगीक सोधपुछ बारम्बार देशभित्र प्राप्त भइरहनु पर्ने देखिन्छ। खटीएका अधिकारीले नेपालको माग बमोजिम बेला–बेलामा परिबर्तन हुने व्यापारीक साझेदारीका देशका आर्थिक अवस्था, व्यापार निती, प्राबिधीक सहयोग, भन्सार छुट र व्यवस्थापन र गैर–भन्सारका नियमहरु जस्तै मुद्रा नियन्त्रण र व्यापारीक सोधपुछ पहिल्याउन विदेशस्थित कमिशन एजेण्ट, ब्रोकर,आयातकर्ता–निर्यातकर्ता, औद्योगिक प्रयोगकर्ताको सूचि पठाई व्यापारीक सोधपुछको अन्य विवरण पठाई जिम्मेवारी निभाउनुपर्ने देखिन्छ। आर्थिक तथा व्यापारीक मामला हुने जिम्मेवारीका रुपमा रहेका अधिकारीबाट एच.एस. कोडसहितका खाद्य वस्तुका अभावकर्ता र निर्यातकर्ताका पहिचान गरी बजार अनुसन्धान गरी व्यापारीक विवरण प्रणालीसहितका विवरण तयार गर्नुपर्ने देखिन्छ। देशको बढदो क्षेत्रगत र वस्तुगत व्यापारीक क्रियाकलापमा व्यापारीक उजुरी उब्जिनुका स्वभाविक भएकाले यस्तो मामलामा कसरी व्यापारीक झैं–झगडा सुल्झाउने तर्फ तोकिएका कूटनितीक अधिकारी सजक रहनुपर्ने देखिन्छ। देशको बढदो क्षेत्रगत र वस्तुगत व्यापारीक क्रियाकलापमा व्यापारीक उजुरी उब्जिनु स्वभाविक भएकोले यस्तो मामलामा कसरी व्यापारीक झै–झगडा सुल्झाउनु तर्फ तोकिएका कूटनितीक अधिकारी सजक रहनुपर्ने देखिन्छ। देशको बढदो क्षेत्रगत र वस्तुगत व्यापारीक क्रियाकलापमा व्यापारीक उजुरी कुटनितीक माध्यमबाट सुल्झाउनु उपयुक्त देखिन्छ।
नेपालको पहिलो समुन्द्रपार व्यापारीक सम्झौता भएको साढे छ दशक भन्दा बढी वितीसक्दा पनि हालसम्म १७ वटा देशसंग मात्र द्धिपक्षि व्यापारीक सम्झौता भएकाले तोकिएका अधिकारीले थप देशसंग आर्थिक सहयोग तथा व्यापारीक सम्झौता गराउने तर्फ पहल गर्नुपर्ने देखिन्छ। सन् १९४७ संग अमेरीकासंग गरीएको पहीलो व्यापारीक सम्झौता केही वर्ष अगाडी रध्द भई नेपालसंग नयाँ टीफा संझौता भएको छ। अरु १६ संझौताहरु पनि नविकरण गनर््ुपर्ने दखिन्छ। यस्को अलावा विपा,टीफा, एप्टा, विमेस्टेक,साफ्टा, विश्व व्यापार संगठनतर्फका ज्ञान कुटनितिक अधिकारीलाई आवश्यक पर्दछ।
नेपालको निकासी ह्वात बढन नसक्नुमा व्यापारीक साझेदारी देशको संख्या एक सय सतरी भन्दा बढी पुग्दा पनि व्यापारीक सम्झौता भएको देश १७ मा नै सिमीत रहनु एक कारण देखिन्छ। नेपालको एक देश भारतसंग मात्र पारबहन मार्ग रहने प्राकृतीक कारण हुनु नेपालको सतह मार्गबाट गरीने व्यापारमा ठूलो अवरोध आइपरेको छ। यसको लागी पारबहन खर्च घटाई नेपाली वस्तुका बैदेशीक बजारमा प्रतिस्पर्धा बढाउन खटिएको कूटनितीक अधिकारीले नेपालमा पुग्ने जल, स्थल, हवाईको ढुवानीका साधनको अद्यावधिक विवरण राखी आई. ए.टी.ए. दर भन्दा सहुलियत दर कार्यान्वयन गराउनु पहलसहित भारत, पाकिस्तान तथा बंगलादेश बाहेकका देशसंग पारबहन सन्धि गराउने तर्फ पहल गर्नुपर्ने नितान्त आवश्यक देखिन्छ। उपयुक्त बुद्धाँहरुमा संकmलत विवरण खटिएका अधिकृतहरुले आफनो देशभित्र र विदेशस्थित कूटनितीक निकायहरुमा बेलाबेलामा प्रेश भेलामार्फत परराष्ट्र मन्त्रालय एवम् बाणीज्य तथा आपूर्ति मन्त्रालयको सहमति अनुरुप सम्बधितलाई प्रचार–प्रसार गरी नेपालको व्यापार, पर्यटन, लगानी, आर्थिक क्षेत्रको उन्नतीको लागी कार्य गर्नुपर्ने देखिन्छ। उपयुक्त कार्यसम्बन्धि विवरण, संकलन, कार्य तर्जुमा, कार्यान्वयनका लागी नियोगमा उपलब्ध सम्त्रन्धित वेवसाईटबाट सहयोग लिई बनाउन सकिने कार्य विभीन्न वेवसाईटबाट तर्जुमा हुन सक्ने अन्य कार्य पनि अांैल्याउन सकिन्छ। यी यस्ता कार्यहरु जुनसुकै देशको आफनो देश बाहीर रहेका आफना कूटनितीक नियोगहरुमा गरीने कार्य हुन्।
यी कार्यहरु बाहेक हरेक देशको आफना बाहीर रहेका दुतावासहरुमा देशको आफना रााष्ट्रिय हितमा सही कार्य गर्ने र अरुको देश जहाँ विदेशी दूतावास रहन्छन् ती कूटनितीक अधिकारीले अरु देशको मामलामा बोलेर संलग्न रहनु भन्दा आफना देशको हितका कार्य गरी विदेश स्थित दूतावासमा संलग्न हुनुपर्छ।
(लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायव–कार्यकारी निर्देशक हुन्।

