६ जेठ, काठमाडौं । आगामी आ.व.२०७८/७९ को वजेटका सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ ।
बैठक दिउँसो २ वजे बस्ने भएको छ ।
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।
प्रतिनिधि सभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिन अघि नै प्रि-बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि-बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
