६ जेठ, काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली काँग्रेसले उजुरी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बिरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो ।
राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेका थिए ।
त्यसविरुद्ध कांग्रेसले निर्वाचन आयोगमा बिहीबार उजुरी दिएर कारवाहीको माग गरेको हो ।

