प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन गरेका छन्।
पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।
प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका हुन्।
आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै यही इजलासमा पठाएका छन्।

