सर्वोच्च अदालतको आदेशसँगै हालै शान्तिपूर्ण राजनीति अगांलेको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ।
बुधबार नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पमकम दाहाल ‘प्रचण्ड’लाई उनको निवास खुमलटार गएर पूर्व माओवादी घटक एक हुनु पर्ने प्रस्ताव गरका विप्लव बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।
उक्त भेटमा नेकपमा माओवादी अध्यक्ष दाहाल पनि मिसिएका छन्। साथमा धर्मेन्द्र वास्तोला पनि देखिएका छन्। स्रोतका अनुसार उनीहरुले पछिललो राजनीतिक घटनाक्रम र अबको बाटोबारे करिव एक घण्टा छलफल भएको छ।

