-वरीष्ठ संचारकर्मी प्रवीण जोशी
भक्तपुर / मध्यपुर थिमि नगरपालिका क्षेत्रका विभिन्न भौतिक संरचनाअन्तरगत पुरातात्विक संपदा, मन्दिर, पाटी, सत्तल, फल्चा, पाेखरी, विहार र सडक आदिकाे निर्माण, पुन:निर्माणकाे काम जाेडताेडले भैरहेकाे छ ।
प्रसिद्ध बालकुमारी देवल र ताहाद्याे मन्दिर आदि सम्पन्न भइसकेकाे छ । विष्णु कुण्ड र दुइपाेखरीआदि सम्पन्न भएकाे छ ।

४ वडामा ३० लाखका न. पा. काे ०७७/०७८ काे बजेटबाट बालकुमारी संरक्षणकाे काम हुँदैछ । ४ वडामा वामने गणेश मन्दिर 2५ लाखकाे लागतमा निर्माणाधिन छ ।
यस्तै जेतवर्ण महाविहार रुपान्तरित भएकाे छ । बाेडेमा कुमारी पार्क बनेकाे छ । नेपाल काेरिया अस्पताललाई काेरनासंग जुध्न सक्षम बनाईएकाे छ।
यस्तै विकास निर्माणका काम अभियानकै रुपमा भैरहेकाे कुरा नगर प्रमुख मदन सुन्दर शेष्ठले जानकारी दिए । बिहीबार पत्रकारहरूलाई अवलाेकनकाे क्रममा नं.पा.ले भ्यायसम्म काम गरेकाे बताए।

शंखधर पार्क ,पर्यटन सूचना केन्द्र आदिकाे निर्माण सम्बन्धी जानकारी गराईएकाे थियाे ।
अवलाेकनमा उपप्रमुख अन्जनादेवी मधिकर्मी, नेपाल पत्रकार महासंध भक्तपुरका सभापतिलगायत ३ दर्जन संचारकर्मी रहेका थिए।
