नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले वर्तमान सरकारलाई गाली गर्दै पदबाट राजीनामा दिएका छन्।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।
उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।
‘देश र जनताविरुद्ध विभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकराले गर्ने जनविरोधी कामहरुको सहयात्री र मूकदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजै मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु’, उनले लेखेका छन्।
अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।



