काठमाडौं: एमालेले आज च्यासलमा राखेको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्दा माधव नेपाललाई साथ दिने निर्णय लिएका हुन्।
केपी शर्मा ओली र नेपालबीच विवाद चलिरहँदा एमालेको केही बैठकमा सहभागी पनि भएका उनी नयाँ दल दर्ता हुने अवस्थामा एमाले छाड्ने पक्षमा उभिएका हुन्।
‘उहाँ (वामदेव) अब माधव नेपालकै पक्षमा उभिनु भएको छ’, उनका एक सहयोगीले भने, ‘पहिले पनि उहाँले माधव पक्षले नयाँ पार्टी बनाउने अवस्थामा आफू त्यतै लाग्ने बताइसक्नु भएको थियो।’
यसअघि च्यासलमै भएको बैठकबाट ओलीले आफूमाथि अधिकार केन्द्रित गर्दा उपाध्यक्ष गौतमले आपत्ति प्रकट गरेका थिए।
उनले त्यसबेला गाली गर्ने अधिकार पनि अझै थप्न भन्दै ओलीलाई कटाक्ष गरेका थिए।
