काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी नेकपाले क्लिन स्वीप गर्ने दाबी गरेका छन् । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वारका रुपमा काठमाण्डौ महानगरपालिकाका लागि बालेन शाह, हरिप्रभा खड्गी, ………………सँगै मेयरमा प्रतिष्पर्धा गरेर झण्डै १४ हजार मत ल्याएका सुमन सायमी लगायत गुठी आन्दोलन, मिटरब्याज पीडित आन्दोलनका अभियन्ता नेकपा प्रवेश गरेपछी संयोजक प्रचण्डले यस्तो दाबी गरेका हुन्।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै संयोजक दाहालले ठूलो सभा गर्ने प्रचलन अब पुरानो भैसकेको भन्दै अब आफूहरू जनताको घरघर, दैलोदैलो पुग्ने बताए । प्रचारप्रसारको माध्यम सभा, सम्मेलन हिजो जस्तो प्रभावकारी नरहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा जनतासँग प्रत्यक्ष भेट हुने गरी घरदैलो अभियानलाई तीव्रता दिने बताए।
दाहालले युवा पुस्तालाई आकर्षित गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने नीति पार्टीले लिने समेत जानकारी दिए। विगतमा भएका गल्तीहरू दोहोर्याइँदैनन् भन्ने प्रतिबद्धतासहित निर्वाचन प्रचारमा जुट्न सिंगो पार्टी पंक्तिलाई समेत उनेले आह्वान गरे।
कार्यक्रममा उनले काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुनेगरि लाग्न पार्टीपङ्तिलाई आह्वान गरे । “ठूला सभा गरेर भोट धेरै आउने जमाना पुरानो भइसकेको छ। अब जनताको घरघरमा गएर हाम्रा एजेन्डा स्पष्ट रूपमा राख्नुपर्छ—हामीले विगतका गल्तीबाट सिकेका छौँ र अब दोहोर्याउँदैनौँ भन्ने कुरा जनतालाई बुझाउन जरुरी छ,” उनले भने ‘यसो गर्यौं भने हामी जनताको मन जित्छौं, आगामी चुनावमा उपत्यकामा क्लिन स्वीप गर्छौं।’
संयोजक दाहालले काठमाडौँका समस्या बुझेका सुमन सायमीसहितका नेताहरू आफ्नो पार्टीमा समाहित भएकाले काठमाडौँ उपत्यकामा पार्टीको जित सुनिश्चित हुने अवस्था बनेको समेत बताए ।

