कार्तिक १, सोमबार । साफ फुटवल उपविजेता खेलाडीलाई जनही ५ लाख दिइने भएको छ । प्रशिक्षकहरुलाई जनही ३ लाख दिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत शनिबार माल्दिभ्समा भएको फाइनल खेलमा नेपाल भारतसँग ३ गोल अन्तरले पराजित भएको थियो ।
नेपाल पहिलोपटक साफ फुटवलको फाइनलमा पुगेको थियो भने भारत ८ औंपटक साफ फुटवल च्याम्पियनसिप भएको थियो ।

