भक्तपुर: मध्यपुर थिमी न.पा. ४ मा रहेकाे सिध्दार्थ साकाेसकाे बाह्रौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भयाे ।
सभामा प्रमुख अतिथि वरिष्ठ सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङले विभिन्न भगुवा र संस्था डुवाउने संचालकले गर्दा सहकारीलाई बदनाम गराएकाे कुरामा चिन्ता व्यक्त गर्नुभयाे ।
विशेष अतिथि सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले सहकारी संस्थाहरुले तालिम र महिला समाबेशीतामा पनि ध्यान पुग्नुपर्ने विषय मन्तव्यमा सुझाउनु भयाे ।
कार्यक्रममा जेष्ठ नागरिक पुण्येश्वरी श्रेष्ठलगायतलाई सम्मान गरिएकाे थियाे ।
सिध्दार्थ साकाेसमा गत ०७७/०७८ आ.व.मा ३२ कराेडकाे पुँजी संकलन गरिएकाे र १६ सय सदस्य रहेकाे सभामा जानकारी गराईएकाे थियाे ।

