अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने भएको छ । यो खोप जुनसम्ममा उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका हुन् ।
‘ अमेरिकाले यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने बताए।कुन-कुन मुलुकले खोप पाउँछन् भन्ने ह्वाइटहाउसले खुलाएको छैन। बाइडेन प्रशासनले आगामी दिनमा कुन मुलुकमा खोप पठाउने भन्ने निर्णय गर्नेछ।
बाइडेनले गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको बताएका थिए।

