प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजनको अभावलाई कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन ग्यास सिलिन्डरको अभावको कारण कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै बिरामी भर्ना लिन छाडेका हुन् ।प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन ग्यास अभावका कारण अब कोरोना संक्रमितहरुलाई उपचार गर्न नसकिने अवस्था सिर्जना भएको बताए । कोभिड अस्पतालमा ६५ जना बिरामी रहेको र सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नु परिरहेको छ,’ उनले भने, ‘हामीसँग रहेका सबै अक्सिजन सकिन लागेका कारण थप बिरामी आएमा समस्या हुने भएकाले उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।
