विश्वकप छनोटका लागि नेपालले टोलीको घोषणा गरेको छ । नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले मङ्गलबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
प्रशिक्षक अलमुताइरीले नेपाली टिममा ठूलो परिवर्तन गरेका छन् । उनले टोलीबाट भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, सेसेहाङ आङ्देम्बे, रिवशङ्कर पासवान, निशान खड्का, विवेक बस्नेत, नीतिन थापा र दर्शन गुरुङ आउट गरिदिएका छन् ।
यस्तै सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।नेपाली फुटबल टिमले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै, ३ जुनमा नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, ७ जुनमा जोर्डनसँग खेल्नेछ भने ११ जुनमा अस्ट्रेलियाको सामना गर्नेछ ।
नेपाली टिम :
गोलरक्षक – किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर – विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड – अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

