प्रतिनिधि सभा विघटनबारे परेका १९ रिटको सुनुवाई हुँदैछ । सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ। सबै रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिट भने भोलि शुक्रबार सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।
राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका थिए।

