आर्थिक सर्वेक्षण भोलि अर्थ मन्त्रालयमा २ वजे सार्वजनिक हुने कार्यक्रम छ । जुमबाट भोलि शुक्रबार सार्वजनिक सार्वजनिक हुने कार्यक्रममा सीमित पत्रकारहरुलाई प्रवेश दिइने भएको छ ।
यता जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नेछन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटन भएकाले अध्यादेशबाट वजेट ल्याउन लागिएको हो ।
सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक नीति तथा कार्यक्रम नल्याइएको हो।

