भक्तपुर । मध्यपुर थिमिमा संचालित विभिन्न ४ वटा सहकारी संस्थाहरुले मध्यपुर ठिमी नगरपालिकाद्वारा संचालित नेपाल–कोरिया मैत्री अस्पताल, ठिमीलाई ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
शनिबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा स्वास्थ्य सामग्री पेसेन्ट मनिटर ४ थान अस्पतालका अध्यक्ष एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई सहकारीका अध्यक्षहरुले हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य सामग्री सहयोग गरेका सहकारीहरुमा बाबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राकेश श्रेष्ठ रहेका छन् ।
सो कार्यक्रममा अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले कोभिड– १९ को दास्रो लहरले यस भेगमा पनि संक्रमितहरुको संख्यामा बृद्धि भएको र सो बृद्धिलाई अस्पतालको स्रोत र साधनले भ्यायसम्म उपचार गरी जनताको ज्यान बचाउन लागि परेको जानकारी दिनुभयो ।

सहकारीहरुको तर्फबाट बाबा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्षले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड– १९ को दोस्रो लहरले नेपुरै नेपाल प्रभावित भएको अवस्थामा यो नगरपालिका पनि अछुतो नरहेको बताए ।

कार्यक्रममा सहयोगी सहकारीका संचालकहरु, उपसमितिका सदस्यहरु, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठ, नगरपालिकाका वरिष्ठ कानुन अधिकृत केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख रुपमा श्रेष्ठ उपस्थिति रहको थियो ।
