काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४६२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२९४ जना कोरोनामुक्त भए, ३२ जनाको मृत्यु भएको छ ।

