काठमाडौं, साउन २९ गते । पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २३९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

