काठमान्डौ:२३ बैशाख ।
प्रतिनिधिसभाका थप चार सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा रामबाबु यादव, नरमाया ढकाल र लक्ष्मणलाल कर्ण र पार्वती डिसी चौधरी छन्। आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका लागि बुधबार सांसदहरूको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाब संकलन गरेको थियो। स्वाब दिनका लागि प्रतिनिधिसभा सचिवालयको लोत्से हल पुगेर सांसदहरूले दिएको स्वाबको आज नतिजा आएको हो।
आज बिहीबार पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरू, संसदीय मामिला पत्रकारहरु, मर्यादापालकहरू, स्वकीय सचिवलगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाब संकलन भइरहेको छ।

