काठमान्डौ:२३ बैशाख ।
पछिल्लो २४ घण्टामा ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् भने ५४ जनाको मृत्यु भएको छ । विभिन्न प्रयोगशालामा २० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ९ सय ७० र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ७ सय ७ जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।

