काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ।
गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा शनिबार बिहान निधन भएको हो। कोरोना संक्रमणपछि उनलाई दुई साता अघि अस्पताल भर्ना गरिएको थियो।
उनको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।
