जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना परिचालन गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार सेना परिचालन गरिएको हो ।
कोभिड–१९ का संक्रमितको संख्या अत्यधिक बढेपछि १५ जेठसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेना परिचालन गरिएको हो ।
