काठमाडौँ- सरकारले ११ देशका लागि राजदूत सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पुगेको स्रोतले जानकारी दिएको छ।
सरकारले नयाँ सरकार गठन हुनुअगावै नयाँ राजदूतहरुको सूची सिफारिस गरेको एक मन्त्रीले देशसञ्चारसँग जानकारी दिए।
सिफारिस राजदूतहरुको सूची यस्तो छ:
निर्मलराज काफ्ले- अष्ट्रिया
जीवनप्रकाश श्रेष्ठ- इजिप्ट
रमेशचन्द्र पौडेल- श्रीलंका
कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया
सुम्निमा तुलाधर- अष्ट्रेलिया
जंगबहादुर चौहान- रुस
नारायणप्रसाद संग्रौला- म्यानमार
युवराज कार्की- बहराइन
कुलप्रसाद नेपाल- ब्राजिल
सुमित्रा सुवेदी- डेनमार्क
मेराज मुसलमान- साउदी अरेबिया

