सरकारले अब अक्सिजनको ठूलो समस्या नहुने बताएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको सिसिएमसी बैठकमा भएको छलफलबारे जानकारी दिँदै पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अब अक्सिजनको ठूलो समस्या नहुने बताए।
‘हामीले चीन र ओमनबाट सिलिन्डर मगाएका छौं। भारतसँग पनि थप अक्सिजन आपूर्तिबारे कुरा भइरहेको छ। त्यसैले अक्सिजनको त्यति ठूलो समस्या हुँदैन,’ उनले भने।
