काठमाडौं :
प्रधानमन्त्री केपी शर्मा ओलीले खाएको सपथ नमिलेकोले पुन: शपथ गराउन रिट परेको छ । रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको इजलासमा हुन लागेको छ ।
आइतबार दायर गरिएको रिट सर्वोच्च अदालत प्रशासनले सोमबार दर्ता गरेर सुनुवाइका लागि मंगलबारको पेसी तोकेको थियो।वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै पुन : शपथका लागि रिट दायर गरेका थिए।

