काठमाडौं । काठमाडौं विश्व विद्यालय केयूले दुर्गा प्रसाईँले संचालन गरेको बि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन सिफारिस गरेको छ । काठमाडौं विश्व विद्यालयलको ८९ बैठकको निर्णय अनुसार सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरिएको हो ।
केयूले सम्बन्धन दिने निर्णय गरेपछि विश्व विद्यालयको टोलीले बैशाख २६ गतेदेखि २६ गतेसम्म झापा बिर्तामोडस्थित अस्पताल पुगेर अनुगमन तथा निरीक्षण समेत गरेको बताइएको छ । वि एण्ड सी अस्पताललाई चिकित्सा शिक्षा, ऐन २०७५ को दफा १३ (६) अनुसार समबन्धन दिन र स्वीकृतिका लागि आवश्यक निर्णय गरिदिन बैशाख ३१ गतेको ६२५ औँ बैठकले निर्णय गरेको बताइएको छ ।

