लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।
भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।
