जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने गृहकार्य सुरु गरेका छन् । प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाएका छन् । जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए ।

