काठमाडौं / विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आउने क्रम सुरु भएको छ ।
नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेका अनुसार १८ जना सांसदहरु बानेश्वर आइपुगिसकेका छन् । बाँकी सांसदहरु आउने क्रम जारी रहेको उनले बताए ।
विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु संसद भवन आइपुग्ने क्रम सुरु भएको नेता पाण्डेले बताए ।
कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

